बंगलादेशमा आम निर्वाचनको मतदान सम्पन्न

Sharing is caring!

पुस २२, २०८० । बंगलादेशमा हिंसाका घटनाहरुकैबीच आम निर्वाचनको मतदान सम्पन्न भएको छ । आइतबार बिहान नेपाली समय अनुसार विहान पौने ८ बजेबाट सुरु भएको मतदान बेलुका सवा ४ बजेसम्म चलेको थियो ।

बंगलादेशमा ३० प्रतिशतभन्दा पनि कम मतदाताले मतदान गरेका छन् । २०१८ को चुनावमा ८० प्रतिशतभन्दा बढी मत खसेको थियो । यसपटक विपक्षीको वहिष्कारका बाबजुद चुनाव भएको हो । तर निर्वाचन अधिकारीले खसेको मतको प्रतिशत सार्वजिनक गरिसकेका छैनन् ।

विपक्षी दलले वहिष्कार गरेका कारण पनि कम मतदान भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । मतदानका बेला आज विभिन्न ठाउँमा हिंसाका छिटपुट घटनाहरु भने भएका छन् । नतिजा सोमबार सार्वजनिक हुने छ । विपक्षी दलहरुले निर्वाचन बहिष्कार गरेकाले सत्तारुढ अवामी लिगको जित निश्चित मानिएको छ । शेख हसिना हाल बंगलादेशकी प्रधानमन्त्री छिन् । बंगलादेशको ठूलो विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले हसिनाको नेतृत्वमा निष्पक्ष निर्वाचन हुन नसक्ने आरोप लगाउँदै वहिष्कार गरेको हो ।

बंगलादेशमा सांसदको संख्या ३ सय ५० छ । ३०० प्रत्यक्ष र ५० सिट महिलाका लागि आरक्षित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *