सिंगापुरविरुद्ध सानदार प्रर्दशन, नेपाल ८ विकेटले विजयी

Sharing is caring!

कात्तिक १३, २०८० । टी–२० विश्वकप फाइनल एसिया छनोटमा सिंगापुरलाई नेपालले ८ विकेटले हराएको छ ।

समुह चरणको ए मा रहेका नेपाल र सिंगापुरबिचको किर्तिपुर मैदानमा भएको पहिलो खेलमा टस जितेर व्याटिङ गरेको सिंगापुरले दिएको १ सय ४६ रनको चुनौति नेपालले ……..ओभरमा मात्रै २ विकेट गुमाएर पुरा गरेको हो ।
निर्धारित २० ओभरको खेलमा ९ विकेटको क्षतिमा सिंगापुरले १ सय ४५ रनको बनाएको थियो ।

नेपालका लागि ओपनर व्याट्सम्यानद्वय आसिफ शेख र कुशल भुर्तेलले ८ ओभरको सहकार्यमा उनीहरुले ८४ रनको साझेदारी गरे । सिंगापुरले दिएको मध्यम लक्ष्य पछ्याएको नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ४६ बल खेल्दै ७४ रनको गर्विलो योगदान गरे ।

ओपनिङमा आएका आसिफले २६ बल खेलेर १ छक्का र २ चौकाको मद्दतमा २७ रन बनाए । उनलाई सिंगापुरका अक्षय पुरीले आउट गरे । तेस्रो नम्बरमा व्याटिङ गर्न मैदान आएका क्याप्टेन रोहित पौडेलले अविजित ३५ को योगदान दिए भने कुशल मल्लले अविजित ६ रन बनाए ।

एसिया छनोटमा एसियाका आठ देश सहभागी खेलमा चार–चार टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । १९ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहबाट विजेता दुई टोली सेमिफाइनल पुग्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *