सिंगापुरले दियो नेपाललाई १ सय ४६ रनको लक्ष्य

Sharing is caring!

कात्तिक १३, २०८० । टी–२० विश्वकप फाइनल एसिया छनोटमा सिंगापुरले नेपालसामु १ सय ४६ रनको लक्ष्य दिएको छ ।

समुह चरणको ए मा रहेका नेपाल र सिंगापुरबिचको पहिलो खेलमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरेको थियो । जारी खेलमा राम्रो सुरुवात गरेपनि सिंगापुरले निर्धारित समयमा ९ विकेटको क्ष्तिमा१ सय ४५ रन मात्रै बनायो ।

सिंगापुरको व्याटिङलाई दबाबमा राख्न नेपालका लागि अविनास बोहराले सर्वाधिक ३ विकेट लिए । सन्दीप लामिछाने, करण केसी, गुल्सन कुमार झाले समान २ -२ विकेटको योगदान गरे । सिंगापुरका लागि रोहन रंगराजनले सर्वाधिक४६ रन,आर्यवीर चौधरीले ३५ रन, मनप्रित सिंहले २४ रनको योगदान गरे ।

एसिया छनोटमा एसियाका आठ देश सहभागी खेलमा चार–चार टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । १९ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहबाट विजेता दुई टोली सेमिफाइनल पुग्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *