एमालेलाई दुःख हुदाँ सिंगो नेपाललाई दुःख हुन्छ : एमाले नेता श्रेष्ठ

Sharing is caring!

कात्तिक १३, २०८० । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले संघीय लोकतान्तित्र गणतन्त्र स्थापनाको नायक आफ्नो पार्टी भएको जिकिर गरेका छन् । एमाले काठमाडौं महानगर कमिटीले काठमाडौंमा नेपाल संवत ११४४ को अवसरमा आयोजना गरेको कार्यक्रममा उनले लोकतान्त्रिक गणतन्त्र स्थापनाको नायक एमाले भएको जिकिर गरे ।

उनले भने ‘नेपाल सम्वत् ११४४, नववर्षको भिन्तुना भनेर मात्रै हामी यहाँ जम्मा भएका छैनाँै । निरङ्कुश राजासहितको निरदलीय तानाशाही पञ्चायत व्यवस्था फ्याक्ने आन्दोलनमा यो अभियानको प्रमुख भूमिका छ । त्यस्तै आज मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र यहाँसम्म ल्याउँने क्रममा यो एउटा आन्दोलन हो । यो आन्दोलनको नायक नेकपा एमाले हो । हामीले गर्वसँग भन्नु पर्छ ।’

नेकपा एमालेले नै नेपाल सम्वत् मनाउने औपचारिक कार्यक्रम थालनी गरेको उनको भनाई छ । ‘नेकपा एमाले नै यस्तो पार्टी हो, जसले बसन्तपुरमा हुने कार्यक्रममा १११९ देखि नेकपा एमालेको ब्यानरबाट सहभागि भएर आजसम्म यसलाई निरन्तरता दिईरहेको छ कुनै अरु पार्टीको ब्यानर त्यहाँ आउँने आँट गर्दैन् । नेकपा एमाले दृढताका साथ यसलाई अगाडि बढाउँछ यसको पछाडि महत्वपूर्ण भूमिका छ । यो एउटा आन्दोलन हो ।’

राष्ट्रको सुख दुख एमालेको सुख दुखसंग जोडिएको उनको तर्क छ । एमालेको लागि शुभ हुदाँ सिंगो देशको लागि शुभ हुन्छ र एमालेलाई दुख हुदाँ सिंगो नेपाललाई दुख हुन्छ । ११४३ सिंगो नेपाली जनता, राष्ट्र र लोकतन्त्रको लागि दुखत रहेको छ । अब ११४४ मुलुकको लागि एउटा सफल वर्ष सुख वर्ष रहोस् भन्ने कामना गर्न चहान्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *