हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर गम्भीर : राष्ट्रसंघका महासचिव गुटेरेस

Sharing is caring!

कात्तिक १३, २०८० । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालय क्षेत्रमा जलवायु परिर्वतनको गम्भीर असर देखेको बताएका छन् । आज सगरमाथा आधार शिविर पुगेका उनले नेपालको हिमालय क्षेत्रमा मौसमी असरको दर्दनाक अवस्था देखेको बताएका छन् ।

आधिकारीक ट्वीटर ह्याण्डलबाट महासचिव गुटेरेसले, आफू माउन्ट एभरेष्टको आधार शिविरमा पुगेको र आफूले हिमालय क्षेत्रमा जलवायु परिर्वतनको गम्भीर असर देखेको बताएका छन् । उनले तापक्रम वृद्धी र हिउ पग्लिने क्रमको बढोत्तरीका कारण समग्र जीवन र जीवनशैली नै चुनौतिपूर्ण बनेको बताएका छन् ।

उनले हिमालय क्षेत्रमा बढ्दो तापक्रमका कारण पग्लिएको हिउँका कारण समुन्द्रीमा पानीको मात्रा बढ्दै गएकोतर्फ सचेत गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *