तरुण दलले सरकारविरुद्ध सातै प्रदेशमा विरोध प्रदर्शन गर्ने

Sharing is caring!

पुस २८, २०७५ । नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलले सरकारविरुद्ध सातै प्रदेशमा विरोध प्रदर्शन गर्ने भएको छ ।

शनिबार तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीद्वारा जारी विज्ञप्तिमा कम्युनिष्ट सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार, महंगी, मुल्यवृद्धी, वाइडबडी खरिद अनियमितता, निर्मला पन्त लगायतका गैरकानुनी र अलोकतान्त्रिक रबैयाको विरोधमा सातै प्रदेशको राजधानीमा विरोध प्रदर्शन कार्यक्रम अन्तर्गत विरोध र्याली र विरोधसभा कार्यक्रम गर्ने उल्लेख गरेको छ ।

विरोध प्रदर्शनका कार्यक्रम

माघ ८ गते  प्रदेश एकको विराटनगर

माघ ९ गते प्रदेश दुईको जनकपुर

माघ १० गतेप्र देश तीनको हेटौंडा,

माघ ११ गण्डकी प्रदेशको पोखरा

माघ १२ गते प्रदेश पाँचको भैरहवा

माघ १३ कर्णाली प्रदेशको सुर्खेत

माघ १४ सुदूरपश्चिम प्रदेशको धनगढी

Leave a Reply

Your email address will not be published. Required fields are marked *