खेलाडीहरुको पुरस्कार रकम शुक्रबार मन्त्रिपरिषद्को बैठकबाट निकासा हुन्छ : प्रधानमन्त्री

Sharing is caring!

भदौ २८, २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि शुक्रबार बस्ने मन्त्रिपरिषद्को बैठकले खेलाडीहरुका लागि घोषणा गरिएको पुरस्कार निकासा गर्ने बताएका छन् ।

बिहीबार चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पुरस्कारको रकम अर्थ मन्त्रालयबाट स्वीकृत भई आजैमात्र खेलकुद मन्त्रालयमा पुगेको र भोलिको क्याबिनेटबाट सबै पैसा निकासा गर्ने उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले यसअघि घोषणा भएको पुरस्कार केही प्राविधिक, केही नीतिगत कारणले ढिला हुन गएकोमा दुःख व्यक्त समेत गरे ।

उनले भने, ‘यसअघि घोषणा भएको पुरस्कार खेलाडीहरुले आजसम्म पनि नपाएको भन्ने कुरा जानकारी छ । केही प्राविधिक, केही नीतिगत कारणले ढिला हुन गएकोमा दुःख व्यक्त गर्न चाहन्छु । मैले नै घोषणा गरेको पुरस्कार नियमावलीको अभावका कारण निकासामा ढिला भएको थियो अहिले त्यो बनेको छ । अर्थ मन्त्रालयबाट स्वीकृत भई आजै मात्र खेलकुद मन्त्रालयमा पुगेको छ । भोलिको क्याबिनेटबाट सबै पैसा निकासा हुन्छ ।’

उनले प्रधानमन्त्रीले घोषणा गरिसकेको कुरा हुँदैन कि भनेर चिन्ता नलिन खेलाडीहरुलाई आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *