एसिया कप : आज बंगलादेश र अफगानस्तान खेल्दै

Sharing is caring!

भदौ १७, २०८० । १६ औँ संस्करणको एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज बंगलादेश र अफगानस्तान खेल्दै छन् । यी दुई टोलीबीचको खेल दिउँसो ३ः१५ देखि पाकिस्तानको गद्दाफी स्टेडिया सुरु हुनेछ ।
समूह ‘बी’ मा रहेका यी दुबै टिमको प्रतिस्पर्धा टक्करको हुने देखिन्छ ।

यता हिजो भएको एसिया कपको समूह चरणको खेलमा पाकिस्तान र भारतले एकएक अंक बाँड्दै पाकिस्तान सुपर चारमा पुगेको छ । शनिबार भएको खेल वर्षाले विथोलेपछि दुबैले अंक बाँड्नु परेको हो । अब भारतले नेपालसँग खेल्नेछ । भारत यदि एसिया कपमा नेपालसँग हारे समूह चरणबाटै बाहिरिने छ ।

समूह ए को अन्तिम खेलमा नेपाल र भारतबीच सोमबार श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा प्रतिस्पर्धा हुनेछ । पाकिस्तान २ खेलमा १ मा जित र १ मा अंक बाँड्दै ३ अंकका साथ सुपर फोरमा पुगेको छ । भारत १ खेलमा १ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल १ खेलमा अंक विहीन हुँदै पुछारमा छ । अन्तिम खेलमा नेपाल विजयी हुँदा २ अंक हुन्छ । नेपालसँग पराजित हुँदा भारत १ अंकका साथ पुछारमा रहँदै बाहिरिनेछ । तर,नेपालले भारतसँग जित हात पार्न निकै उम्दा प्रर्दशन गर्नुबाहेक कुनै विकल्प छैन् ।

भोली वर्षाको कारण खेल रद्द हुने परिस्थिति बने भारत २ अंकका साथ सोझै सुपर फोरमा पुग्नेछ । त्यसैले नेपालले जित निकाल्न सके पहिलो सहभागीतामै सुपर फोरमा स्थान बनाउने देखिन्छ । विश्व क्रिकेटमा प्रभावशाली अस्तित्व बनाएका भारत र पाकिस्तन बीचको खेल निकै टक्करको हुँदा हुँदै पनि वर्षा उक्त खेलको बाधक बन्न पुग्यो ।

पाकिस्तानका तीन तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी, हरिस रौफ र नसिम शाहको सानदार बलिङमा भारत २ सय ६६ रनमै अल आउट भएको थियो । सुरुबाटै बर्षाले विथोल्दै आएको पाकिस्तान र भारतबीचको खेल वर्षाको कारण रद्द भयो ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो । समूह बी मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । समूह बी को पहिलो खेलमा श्रीलंकाले बंगलादेशलाई हराएको थियो । हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा स्थान बनाउनेछन् ।

सुपर फोरमा चार टोलीले एक अर्काबीच खेल्नेछन् । सुपर फोरबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । नेपालले पहिलो पटक एसिया कप खेलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *