किन पाइँदैनन् सर्वोत्कृष्ट कर्मचारी ?

Sharing is caring!

भदौ २३, २०८० । एक लाखभन्दा बढी कर्मचारी रहेको निजामती सेवामा यसपालि कोही पनि सर्वोकृष्टमा छनोट भएनन्। २०७३ मा तत्कालीन सचिव शान्तराज सुवेदीले यो पुरस्कार पाएका थिए। त्यसयता सरकारले सर्वोत्कृष्ट पुरस्कार दिने कर्मचारी नै भेटेको छैन।

प्रत्येक वर्ष सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एक, उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गर्ने व्यवस्था छ। यो वर्ष सर्वोत्कृष्टबाहेक ४० जनालाई मात्र पुरस्कार दिइयो। सर्वोत्कृष्टलाई २ लाख, उत्कृष्टलाई १ लाख र निजामती सेवा पुरस्कारबापत ५० हजार रुपैयाँ दिइन्छ।

सरकारले हालसम्म चार जनालाई मात्रै निजामती सर्वोत्कृष्ट पुरस्कार दिएको छ। तिनमा २०६८ मा सूर्यप्रसाद गौतम, २०६९ मा भाइकाजी तिवारी, २०७० भगवतीप्रसाद काफ्ले र २०७३ मा शान्तराज सुवेदी छन्। विगतमा पुरस्कार पाएकाहरू विवादरहित हुन सकेनन्। यसले पनि सरकारले सर्वोत्कृष्ट छान्ने आँट नगरेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ।

२०६१ सालदेखि निजामती सेवा दिवस बनाउन थालिएको हो। निजामती सेवा ऐन भने २०१३ सालमा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यका पालामा बनेको थियो। तल्लो तहसम्मै निरन्तर जनसेवामा रहेका इमान्दार र कर्तव्यनिष्ठ कर्मचारीको कार्यसम्पादनलाई ध्यान दिएर मूल्यांकन गर्नुपर्ने सम्बन्धित क्षेत्रका विज्ञहरू बताउँछन्।

जनप्रशासन क्याम्पसका सहप्राध्यापक डा। नरेन्द्र पौडेल कार्यसम्पादन मूल्यांकन वस्तुनिष्ठ नभएका कारण सर्वोत्कृष्ट पाउन गाह्रो भएको ठान्छन्। ‘निजामती प्रशासनले इमान्दारीका साथ काम गर्न सकेन। त्यही भएर सर्वोत्कृष्ट कर्मचारी नपाइएको हो,’ उनले भने।

पूर्वसचिव एवं प्रशासनविद् शारदाप्रसाद त्रिताल भने राम्रो काम गर्ने कर्मचारी नभएको भन्दा पनि नखोजिएको बताउँछन्। छनोट प्रक्रिया र छनोट गर्ने हाकिमको तालमेल नभएर सर्वोत्कृष्ट कर्मचारी पुरस्कार वितरण हुन नसकेको उनको ठम्याइँ छ। उनले छनोट प्रक्रिया पनि कडा रहेको सुनाए। ‘राम्रो काम गर्ने कर्मचारी जति पनि छन्। एक महिनाअघि खोजेर कहाँ पाइन्छ, रु’ उनले भने, ‘छनोट प्रक्रिया पनि कडा छ।’

रेकर्ड (अभिलेख) राख्ने प्रणाली नहुनाले पनि नपाइएको उनको भनाइ छ। ‘हाम्रोमा रेकर्ड राख्ने प्रणाली नै छैन’, उनले भने। उनी राम्रा र जटिल कामको समाधान गर्ने कर्मचारी निजामती प्रशासनमा पर्याप्त भएको बताउँछन्। ‘सिफारिस गर्ने हाकिमको सरुवा भएको भएै हुन्छ,’ उनले भने, ‘नयाँ आएकाले वास्तविक काम गर्ने कर्मचारी चिन्दैनन्, अनि कसरी छनोट हुन्छ राम्रा कर्मचारी रु’

* सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गर्ने कर्मचारी उत्कृष्ट, आदर्शवान्, नैतिकवान् तथा अनुकरणीय कार्यसम्पादन गरेको हुनुपर्ने व्यवस्था 
* विगतमा पुरस्कृत हुनेहरू विवादरहित हुन नसकेकाले सरकारले सर्वोत्कृष्ट निजामती पुरस्कार दिन आँटेन  

सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गर्ने कर्मचारी उत्कृष्ट, आदर्शवान्, नैतिकवान् तथा अनुकरणीय कार्यसम्पादन गर्ने हुनुपर्ने व्यवस्था छ। निजामती सेवा नियमावलीका अनुसार पुरस्कार सिफारिस गर्न मुख्यसचिवको अध्यक्षमा समिति हुन्छ। सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारका लागि स्थायी पदमा १५ वर्ष वा सोभन्दा बढी अवधि सेवा गरेको हुनुपर्ने व्यवस्था छ।

त्यस्तै, पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्यांकनमा शतप्रतिशत अंक प्राप्त गरेको, कुनै पनि विभागीय सजाय नपाएको, पुरस्कारका लागि सिफारिस हुने वर्षमा व्यक्तिगत बेरुजु कायम नदेखिएको, सम्पत्ति विवरण नियमित रूपमा पेस गरेको, असाधारण बिदा लिएको भए त्यस्तो बिदापछि हाजिर भएको अवधि कम्तीमा दुई वर्ष पूरा भएको, पुरस्कारका लागि सिफारिस हुने वर्ष र त्यसको अघिल्लो वर्षमा अध्ययन बिदा नलिएको, पछिल्लो पाँच वर्षभित्र गयल कट्टीमा नपरेको हुनुपर्ने व्यवस्था छ। त्यस्तै व्यवस्थापन परीक्षण भएकामा पुरस्कारका लागि सिफारिस हुने वर्षमा प्रशासनिक बेरुजु नदेखिएको, प्रचलित कानुनबमोजिम बरबुझारथ गरेको हुनुपर्छ।

त्यस्तै, पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्यांकनमा शतप्रतिशत अंक प्राप्त गरेको, कुनै पनि विभागीय सजाय नपाएको, पुरस्कारका लागि सिफारिस हुने वर्षमा व्यक्तिगत बेरुजु कायम नदेखिएको, सम्पत्ति विवरण नियमित रूपमा पेस गरेको, असाधारण बिदा लिएको भए त्यस्तो बिदापछि हाजिर भएको अवधि कम्तीमा दुई वर्ष पूरा भएको, पुरस्कारका लागि सिफारिस हुने वर्ष र त्यसको अघिल्लो वर्षमा अध्ययन बिदा नलिएको, पछिल्लो पाँच वर्षभित्र गयल कट्टीमा नपरेको हुनुपर्ने व्यवस्था छ। त्यस्तै व्यवस्थापन परीक्षण भएकामा पुरस्कारका लागि सिफारिस हुने वर्षमा प्रशासनिक बेरुजु नदेखिएको, प्रचलित कानुनबमोजिम बरबुझारथ गरेको हुनुपर्छ।

त्यस्तै, पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्यांकनमा शतप्रतिशत अंक प्राप्त गरेको, कुनै पनि विभागीय सजाय नपाएको, पुरस्कारका लागि सिफारिस हुने वर्षमा व्यक्तिगत बेरुजु कायम नदेखिएको, सम्पत्ति विवरण नियमित रूपमा पेस गरेको, असाधारण बिदा लिएको भए त्यस्तो बिदापछि हाजिर भएको अवधि कम्तीमा दुई वर्ष पूरा भएको, पुरस्कारका लागि सिफारिस हुने वर्ष र त्यसको अघिल्लो वर्षमा अध्ययन बिदा नलिएको, पछिल्लो पाँच वर्षभित्र गयल कट्टीमा नपरेको हुनुपर्ने व्यवस्था छ। त्यस्तै व्यवस्थापन परीक्षण भएकामा पुरस्कारका लागि सिफारिस हुने वर्षमा प्रशासनिक बेरुजु नदेखिएको, प्रचलित कानुनबमोजिम बरबुझारथ गरेको हुनुपर्छ। यो खबर अन्न्पूर्ण पोस्टबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *