काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार बढिरहेको छ र नयाँ कीर्तिमान कायम गर्दै गएको छ। सोमबार (माघ १२) सुनको मूल्य प्रतितोला ५२ सय रुपैयाँले वृद्धि भएर ३ लाख ९ हजार रुपैयाँ पुगेको छ।
अघिल्लो दिन सुन प्रतितोला ३ लाख ३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो। त्यस्तै, चाँदीको मूल्य पनि २७५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ७६५ रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसले बजारमा धितो मूल्यमा नयाँ उचाइ कायम गरेको छ।
26 Jan 2026