काठमाडौं । राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदैछ। नयाँ वानेश्वरस्थित संसद् भवन जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएपछि यस अधिवेशन सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा सञ्चालन गरिने भएको हो।
आज बस्ने पहिलो बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्ने कार्यसूची रहेको छ। साथै, दिवङ्गत नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार अधिवेशन सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा माघ ४ गते राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका थिए।
18 Jan 2026