सुनको मूल्यमा लगातार गिरावट, कति पुग्यो सुनको भाउ?

hitkhabar.com



काठमाडौं । नेपाली बजारमा सुनको भाउ निरन्तर ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १३ हजार ४०० रुपैयाँले घटेको हो।

मूल्य घटेसँगै आज सुन प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुनको भाउ प्रतितोला तीन लाख रुपैयाँ कायम थियो।

यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ। आज चाँदी प्रतितोला ३०० रुपैयाँले घटेर पाँच हजार २०० रुपैयाँमा किनबेच भइरहेको छ। हिजो चाँदीको मूल्य पाँच हजार ५०० रुपैयाँ थियो।

प्रतिक्रिया