काठमाडौं । चर्चित भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। उनको गोवास्थित निवासमा बिहीबार बिहान गम्भीर हृदयाघात भएपछि निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
नाना पाटेकरलाई गोवास्थित घरमा अचेत अवस्थामा भेटिएपछि तत्काल अस्पताल लगिएको थियो। चिकित्सकहरूले करिब ४५ मिनेटसम्म उनलाई सीपीआरमार्फत बचाउने प्रयास गरे पनि सफल हुन सकेन। उनलाई बिहान करिब ५ः२० बजे मृत घोषणा गरिएको बताइएको छ।
नाना पाटेकर हिन्दी तथा मराठी चलचित्र क्षेत्रमा प्रभावशाली अभिनयका लागि परिचित थिए। दशकौँ लामो अभिनय यात्रामा उनले ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘अब तक छप्पन’ र ‘वेलकम’ लगायतका चर्चित चलचित्रमा अभिनय गरेका थिए।
उनको निधनको खबरसँगै भारतीय चलचित्र क्षेत्रमा शोक छाएको छ। नाना पाटेकरको निधनसम्बन्धी घटनामा मेडिको–लिगल प्रक्रिया अघि बढाइएको र पोस्टमार्टम गरिने जनाइएको छ।