काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहका उम्मेदवार छनोट प्रक्रियामा व्यापक परिवर्तन गर्दै स्वार्थका आधारमा टिकट वितरण र “सेटिङ्ग” पूर्ण रूपमा खारेज गर्ने तयारी गरेको छ।
पार्टीका अनुसार अब स्थानीय तहका उम्मेदवार बन्न इच्छुक सदस्यले सर्वप्रथम RSP क्याण्डिडेट क्लबमा औपचारिक आवेदन दिनुपर्नेछ। त्यसपछि निम्न चरणहरू पूरा गर्नुपर्नेछ:
- आवश्यक प्रशिक्षण अनिवार्य रूपमा लिनुपर्ने
- लिडरसीप एकेडेमीमा २५ अंकको मूल्याङ्कनमा पास हुनुपर्ने
- पार्टीप्रतिको लगाव तथा राजनीतिक आवद्धताको आधारमा २५ अंकको मूल्याङ्कन
- प्रारम्भिक निर्वाचनमार्फत ४० अंकको मत प्राप्त गर्नुपर्ने
- समावेशीताको आधारमा १० अंक थप प्राप्त गर्न सकिने
यी सबै चरण पूरा गरेपछि मात्र उत्कृष्ट उम्मेदवारलाई टिकट प्रदान गरिने पार्टीले जनाएको छ।
04 May 2026