सुनको मूल्य तोलामा ४ हजार १ सय रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

hitkhabar.com


काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ४ हजार १ सय रुपैयाँले वृद्धि भएको हो ।

नयाँ मूल्यसूचीअनुसार सुन प्रतितोला तीन लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुनको भाउ प्रतितोला तीन लाख ५ सय रुपैयाँ रहेको थियो ।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । चाँदी तोलामा २ सय ४० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार २ सय ५० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया