प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक बन्दसूची पेस गर्न आयोगको आग्रह

hitkhabar.com


काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीका लागि उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दलहरूलाई आग्रह गरेको छ।

आयोगले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ तथा सम्बन्धित नियमावली र निर्देशिकाअनुसार बन्दसूची बुझाउन अनुरोध गरिएको छ। समानुपातिक निर्वाचन प्रणालीमा सहभागी राजनीतिक दलहरूले पुस १३ र १४ गते दिउँसो ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने आयोगले जनाएको छ।

आयोगका अनुसार बन्दसूची आयोग परिसरभित्र रहेको समानुपातिक निर्वाचन प्रणालीसम्बन्धी निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्नेछ। समयसीमाभित्र आवश्यक सबै प्रक्रिया पूरा गर्न आयोगले सम्बन्धित राजनीतिक दलहरूलाई सचेत गराएको छ।

आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा तोकिएको समयमै कानुनी प्रक्रिया पूरा गर्न दलहरूलाई अनुरोध गरिएको उल्लेख छ।


प्रतिक्रिया