काठमाडौं । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले तोकेको दरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा कायम गरिएको छ। यससँगै अन्य प्रमुख विदेशी मुद्राको विनिमयदर पनि समायोजन गरिएको छ।
युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ४० पैसा र बिक्रीदर १६९ रुपैयाँ १० पैसा तोकिएको छ भने बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९४ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १८१ रुपैयाँ ३० पैसा र बिक्रीदर १८२ रुपैयाँ ०५ पैसा रहेको छ।
यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ७० पैसा र बिक्रीदर १०५ रुपैयाँ १३ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४६ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ २० पैसा र बिक्रीदर ९ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ। चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ६४ पैसा र बिक्रीदर २० रुपैयाँ ७३ पैसा रहेको छ। साउदी रियाल, कतारी रियाल, युएई दिराम र थाई भाटको विनिमयदर पनि राष्ट्र बैंकले सार्वजनिक गरेको छ।
त्यसैगरी कुवेती दिनार एकको खरिददर ४६९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४७१ रुपैयाँ ०१ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ९८ पैसा तथा ओमनी रियाल एकको खरिददर ३७४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ९८ पैसा तोकिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।
केन्द्रीय बैंकका अनुसार आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा पनि संशोधन हुनसक्नेछ। वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुनसक्ने जनाउँदै अद्यावधिक विनिमयदर राष्ट्र बैंकको आधिकारिक वेबसाइटमार्फत हेर्न सकिने जानकारी दिइएको छ।