रास्वपा सभापति लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार ल्याइयो

hitkhabar.com


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार ल्याइएको छ । 

जेनजी आन्दोलनका क्रममा जेलबाट निस्किएको विषयमा पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगसमक्ष बयानका लागि उनलाई ल्याइएको हो । 

उच्चस्तरीय जाँचबुझ आयोगले सिंहदरबारस्थित आयोगको कार्यालयमा ल्याएर लामिछानेसँग सोधपुछ गर्नेछ । यसअघि आयोग प्रतिनिधिहरु कारागारमा पनि पुगेर वस्तुस्थितिको अवलोकन गर्नुका साथै लामिछानेसँग अनौपचारिक कुराकानी गरेका थिए ।


प्रतिक्रिया