बागमती र गण्डकी प्रदेशमा आज भारी वर्षा हुन सक्ने पूर्वानुमान

hitkhabar.com


काठमाडौं । हाल देशभर मनसुनी प्रणाली सक्रिय रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सामान्यभन्दा केही दक्षिणमा देखिएको छ ।

यसको प्रभावस्वरूप मधेश र बागमती प्रदेशसहित पहाडी भूभागमा सामान्य बदली रहेको छ भने अन्य स्थानमा मौसम खुलेको छ । कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेश तथा देशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने सम्भावना पनि प्रक्षेपण गरिएको छ ।

राती पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने सबै प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ ।

महाशाखाले सम्भावित भारी वर्षालाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया