काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ।
४२ वर्षीय तामाङको भारतको राजधानी दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो।
संगीतकार तथा चलचित्रकर्मी राजेश घतानीका अनुसार तामाङको निधन कार्डियाक अरेस्टका कारण भएको हो। अचानक स्वास्थ्य समस्या देखिएपछि उनको ज्यान गएको बताइएको छ।
प्रशान्त तामाङ भारतीय चर्चित गायन रियालिटी शो इन्डियन आइडल को तेस्रो संस्करणका विजेता हुन्। गायनसँगै उनले अभिनय क्षेत्रमा पनि सक्रियता देखाएका थिए।
उनले नेपाली फिल्म गोर्खा पल्टन, परदेशी र परदेशी–२ जस्ता चलचित्रमा अभिनय गरेका छन्। उनको निधनले नेपाली संगीत तथा चलचित्र क्षेत्रमा शोक छाएको छ।
11 Jan 2026