मेयर बालेन शाहलाई पितृशोक

hitkhabar.com


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पितृशोकमा परेका छन्। उनका बुवा रामनारायण शाहको सोमबार मध्यान्ह सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ।

रामनारायणलाई आइतबार बिहानै स्वास्थ्य समस्या देखिएपछि नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना गरिएको थियो। पिसाबसम्बन्धी संक्रमणका कारण स्वास्थ्य जटिल बन्दै गएपछि उनलाई भेन्टिलेटर सपोर्टमा राखेर उपचार जारी थियो।

तर अवस्था गम्भीर बन्दै गएपछि सोमबार मध्यान्ह उनको निधन भएको अस्पतालले जानकारी दिएको छ।

* पछिल्लो समयमा यो समाचार प्रकाशनमा प्रयोग गरिएको तस्वीर फरक व्यक्तिको भएकोमा हामी क्षमाप्रार्थी छौँ। हाल उक्त तस्वीर सच्याइएको छ

प्रतिक्रिया