काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेर २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको हो, जुन हालसम्मकै उच्च दर हो।
यसअघि मंगलबार सुनको मूल्य एकैदिन ५ हजार ५०० रुपैयाँले वृद्धि भई प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्यले पनि नयाँ कीर्तिमान बनाएको छ। बुधबार प्रतितोला चाँदी १६५ रुपैयाँले बढ्दै ४ हजार ४२० रुपैयाँ पुगेको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार २५५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
24 Dec 2025