नेप्से १०.५३ अंकले घट्यो

hitkhabar.com


काठमाडौं। नेप्से परिसूचक आज घटेको छ। पछिल्ला तीन दिन लगातार वृद्धिपछि आज नेप्से घटेर २६२२.८८ विन्दुमा बन्द भएको हो, जसमा कुल १०.५३ अंकको कमी आएको छ।

नेप्सेसँगै आजको कारोबार रकम पनि घटेको छ। आइतबार ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा, आज ३३७ वटा स्टकको ६९,५४८ पटकको कारोबारमा कुल ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार रुपैयाँ बराबरको १ करोड ३७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आजको कारोबारमा एसवाई प्यानल नेपालको शेयर मूल्य सबैभन्दा बढी, करिब १० प्रतिशतले बढेको छ। ग्लोबल आइएमई समुन्नत योजना २ को इकाई मूल्य पनि लगभग १० प्रतिशतले बढेको छ भने कर्पोरेट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य ६.५ प्रतिशतभन्दा बढीले बढेको छ। यसको विपरीत, विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले घटेको छ।

कारोबार रकमको आधारमा, एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रह्यो। उक्त कम्पनीमा २३ करोड २ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। मञ्जुश्री फाइनान्सको करिब १८ करोड रुपैयाँ र शिवम् सिमेन्ट्सको करिब १३.५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये आज २ उपसमूहको परिसूचक सकारात्मक रहे पनि ११ उपसमूहको परिसूचक रातो देखिएको छ। विशेष गरी विकास बैंक र म्युचुअल फण्ड उपसमूहको परिसूचकमा सामान्य वृद्धि भएको छ।


प्रतिक्रिया