काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रणालीको असरका कारण आज दिउँसो देशका विभिन्न भू–भागमा मौसम आंशिकदेखि सामान्य बदली रहनेछ ।
महाशाखाले जनाएअनुसार तराई भू–भागका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ । यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदलीको अवस्था रहनेछ ।
त्यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात वा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले चिसो मौसमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउनसमेत सर्वसाधारणलाई आग्रह गरेको छ ।
04 Feb 2026