काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य फेरि उच्च विन्दुमा पुगेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला सुन ३ हजार १०० रुपैयाँले बढेर २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ। सोमबार सुनको मूल्य २ लाख ६५ हजार रुपैयाँ थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्ला दुई दिनमा सुनको मूल्य लगातार उकालो लागेको छ। सोमबार मात्र पनि सुनको भाउ ४ हजार ६०० रुपैयाँले बढेको थियो।
सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ। मंगलबार प्रतितोला चाँदीको मूल्य ४ हजार ८८० रुपैयाँ पुगेको छ भने सोमबार यो ४ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको थियो।
06 Jan 2026