फेरि बढ्यो सुन–चाँदीको मूल्य, आज कति हुँदैछ कारोबार ?

hitkhabar.com


काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव, निरन्तर बढ्दो मूल्यक्रम र आन्तरिक मागमा आएको परिवर्तनले आज देशभर सुन–चाँदीको भाउ थप उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको आजको दरअनुसार छापावाला सुनको मूल्य प्रतितोला रु. २,५२,२०० पुगेको छ। चाँदीको दर पनि वृद्धि हुँदै आज रु. ३,४९० तोकिएको छ।

यसअघि शुक्रबार सुनको भाउ प्रतितोला रु. २,५०,६०० र चाँदीको मूल्य रु. ३,३४५ रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुन–चाँदीमा तेजीकै प्रभाव देखिएको छ। विश्व बजारमा एक औँस सुन ४,१७५ अमेरिकी डलर र चाँदी ५४ अमेरिकी डलर मा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सूचनाहरूले जनाएका छन्।


प्रतिक्रिया