कांग्रेसको पूर्ण बैठक दुई दिन पछाडि सारियो, अब २८ गते बस्ने

hitkhabar.com


काठमाडौं । नेपाली कांग्रेसले यही असोज २६ गतेका लागि तोकिएको केन्द्रीय समितिको पूर्ण बैठक दुई दिन पछाडि सारेर असोज २८ गते बस्ने निर्णय गरेको छ ।

शनिबार पार्टी पदाधिकारीहरूको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बैठक सारिएको जानकारी दिएका हुन् । उनका अनुसार बैठक सारिएको कारण पार्टीभित्र एकता सुदृढ गर्दै संगठनलाई प्रभावकारी रूपमा परिचालन गर्न रणनीति तय गर्ने तयारी हो ।

महतले भने, “भोली २६ गतेको केन्द्रीय समितिको पूर्ण बैठक हामीले राखेका थियौं । त्यसलाई दुई दिन पछि २८ गतेका लागि सार्ने निर्णय गरिएको छ । बैठकमा उठेका विषयहरूलाई अझ स्पष्ट र ठोस रूपमा निष्कर्षमा पुर्‍याउन यो निर्णय गरिएको हो ।”

उनका अनुसार बैठकमा संगठनात्मक सुदृढीकरण, आगामी राजनीतिक दिशा र समसामयिक विषयमा पार्टीको स्पष्ट धारणा तय गर्ने एजेन्डासहित छलफल हुनेछ ।

कांग्रेसले हालैका राजनीतिक घटनाक्रमलाई ध्यानमा राख्दै पार्टीलाई एकजुट र गतिशील बनाउने उद्देश्यसहित आगामी बैठकलाई निर्णायक बनाउने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया