काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूको ध्यानाकर्षण गर्दै २० बुँदे निर्देशन जारी गरेको छ । निर्वाचन आयोगले उम्मेदवारी छनोट, घोषणापत्र लेखन, सार्वजनिक कार्यक्रमको आयोजना तथा प्रचार प्रसारको विधि एवं सामग्रीसम्ममा चासोपूर्वक निर्देशन दिएको छ ।
निर्वाचन आयोगले दिगो विकास लक्ष्य निर्धारण गर्दै विश्वव्यापी मञ्चमा प्रतिबद्धता जनाएअनुसार सन् २०३० सम्म संसदमा ४० प्रतिशत महिला सहभागिता गराउने विषयको ध्यानाकर्षण गराएका छन् । विश्व मञ्चको प्रतिबद्धताअनुसार प्रत्यक्षतर्फसमेत महिला उम्मेदवार को संख्या बढाउन आयोगले दलहरूको ध्यानाकर्षण गराएको हो ।
प्रत्यक्षतर्फको उम्मेदवारीको एकतिहाइ नघट्ने गरी छनोट गर्नसमेत आयोगले निर्देशन दिएको छ । दिगो विकास लक्ष्य २०३० मा गरेको प्रतिबद्धताअनुसार ४० प्रतिशत पु¥याउने र संविधानमा उल्लेख भएको मौलिक हक तथा समावेशी सिद्धान्तको ख्याल गर्न आयोगले दलहरूलाई निर्देशन दिएको सहायक प्रवक्ता प्रकाश न्यौपानेले बताए ।
निर्वाचनको प्रचारप्रसारमा जातीय, भाषिक तथा धार्मिक भावनामा असर पुग्ने गरी कुनै किसिमको प्रचार नगर्नसमेत दलहरूको ध्यानाकर्षण गराइएको छ । बालबालिकाको प्रयोग तथा परिचालन जस्तै धार्मिक अभियान तथा संघसंस्थाहरूको परिचालनमा समेत आयोगले कडाइ गर्ने संकेतसहित दलहरूको ध्यानाकर्षण गराइएको छ । दलका घोषणापत्रहरूको विषयमा समेत आयोगले ध्यानाकर्षण भएको जनाएको छ । संविधानको भावना, दलहरूले पूर्ववत्रूपमा व्यक्त गरेका प्रतिबद्धताहरूलाई आफ् ना घोषणापत्रहरूको लेखनमा समेत ध्यान दिनसमेत आयोगले निर्देशन दिएको छ ।
राजनीतिक दलका कार्यक्रमहरू विद्यालयमा नगर्न तथा लै ंगिक एवं अपांगता मैत्री स्थान छनोटलाई ध्यान दिन समेत आयोगले निर्दे शन दिएको छ । निर्वाचन प्रचार का क्रममा प्रतिद्वन्द्वी उम्मेदवार लाई प्रत्यक्ष वा अप्रत्यक्ष धम्की दिने, आरोप लगाउने, हतोत्साहित गर्ने तथा चरित्रहत्या गर्ने क्रियाकलापमा आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आचारसंहिता कार्यान्वयनमा जोड
निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि जारी हुने आचारसंहिताको कार्यान्वयनमा जोड दिँदै ध्यानाकर्षण गराएको छ । प्रचार सामग्रीको प्रयोगदेखि कार्यक्रमस्थलको छनोटमा समेत आचारसंहिता’दयगत ध्यानाकर्षण गराइएको छ । राजनीतिक दलको पारदर्शितामा समेत आयोगले ध्यानाकर्षण गराएको छ ।
विगतका निर्वाचनहरूमा उम्मेदवार बनेर निर्वाचन खर्च बुझाउन बाँकी भएकाहरूलाई खर्च विवरण बुझाउनसमेत आग्रह गरेको छ । समानुपातिकतर्फ दलहरूले छनोट गरेका उम्मेदवारहरूको सूची सार्वजनिक गर्नसमेत आयोगले दलहरूलाई निर्देशन दिएको छ । निर्वाचनको प्रयोजनमा राजनीतिक दलहरूका गतिविधिलाई कुनै पनि राजनीतिक दल, समूह वा व्यक्तिले रोक्ने, भाँड्न वा असफल पार्न प्रयत्न नगर्नसमेत निर्वाचन आयोगले दलहरूको ध्यानाकर्षण गराएको छ । यो खबर राजधानीबाट लिएका हौ ।