देशभर मनसुनी वायुको प्रभाव : यी स्थानमा भारी वर्षा हुने

hitkhabar.com


काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। 

साथै देशमा हाल भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको महाशाखाकाले जनाएको छ । 

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै,बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ भने देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा÷ हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरुमा हावाहुरिको पनि सम्भावना रहेको छ।

त्यस्तै, राति भने देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा÷ हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरुमा हावाहुरिको पनि सम्भावना रहेको महाशाखाकाले जनाएको छ।


प्रतिक्रिया