काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सातौँ अध्यादेश जारी गरेका छन्। उनले आइतबार मन्त्रिपरिषद्को सिफारिसअनुसार ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३’ संविधानको धारा ११४ (१) बमोजिम प्रमाणीकरण गरेका हुन्।
यसअघि राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा ६ वटा विभिन्न अध्यादेशहरू जारी गरिसकेका थिए। पछिल्लो अध्यादेशसँगै हालसम्म कुल सात वटा अध्यादेश जारी भएको देखिएको छ।
तर, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भने अहिलेसम्म राष्ट्रपति कार्यालयबाट जारी गरिएको छैन। उक्त अध्यादेशबारे निर्णय प्रक्रिया अझै बाँकी रहेको बुझिएको छ।
03 May 2026