काठमाडौं । सुनको मूल्य मंगलबार फेरि बढ्दै नयाँ रेकर्डमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला सुन ३०० रुपैयाँले बढेर ३ लाख ९ हजार ३०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो।
यसअघि सोमबार प्रतितोला सुन ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला चाँदी १०५ रुपैयाँले बढेर ६ हजार ८७० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी ६ हजार ७६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
27 Jan 2026