भण्डारीद्वारा नवनिर्वाचित एमाले नेतृत्वलाई बधाई

hitkhabar.com


काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई बधाई दिएकी छन्। महाधिवेशनअन्तर्गत बिहीबार सम्पन्न निर्वाचनबाट केपी शर्मा ओली पार्टी अध्यक्षमा निर्वाचित भएका हुन्।

अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा ओलीले ईश्वर पोखरेललाई पराजित गरेका थिए। निर्वाचनपछि प्रतिक्रिया दिँदै एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीले लोकतान्त्रिक प्रतिस्पर्धाबाट नेतृत्व चयन हुनु पार्टीको संगठनात्मक परिपक्वताको संकेत भएको उल्लेख गरेकी छन्।

उनले जनताको बहुदलीय जनवाद (जबज) लाई व्यवहारमा उतार्दै एमालेले आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाएको बताइन्। नयाँ नेतृत्वको कार्यकालले पार्टीलाई थप सशक्त बनाउने विश्वाससमेत भण्डारीले व्यक्त गरेकी छन्।

प्रतिक्रिया