कर्णाली र सुदूरपश्चिममा हावाहुरीसहित वर्षाको सम्भावना

hitkhabar.com


काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ भने बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा रहेको छ ।

दिउँसो देशभर सामान्यतया बदली रहने अनुमान गरिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका धेरै स्थानमा र अन्य प्रदेशका पहाडी क्षेत्रमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने पनि अनुमान गरिएको छ ।

यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।

आज राति भने बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ । साथै, देशका अन्य पहाडी तथा तराई भू–भागका थोरै स्थानमा वर्षा हुने र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही भू–भागमा भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया