काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई लगाइएको स्थान हद हटाइएको छ। भदौ २३ र २४ मा भएका घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगले बिहीबार उनीमाथि लगाइएको स्थान हद फुकुवा गरेको हो।
यसअघि आयोगले गत असोज १२ गते पूर्वगृहमन्त्री लेखकलाई विदेश भ्रमणमा रोक लगाउन तथा अनुमति बिना काठमाडौं उपत्यका बाहिर जान नदिने व्यवस्था गर्न सरकारलाई सिफारिस गरेको थियो।
आयोगका अनुसार पूर्वगृहमन्त्री लेखक सोमबार आयोगमा उपस्थित भई लिखित बयान दिएका थिए। सो बयानको अध्ययनपछि आयोगले उनको स्थान हद हटाउने निर्णय गरेको हो।
01 Jan 2026