प्रतिनिधिसभा निर्वाचन: आज देशभर प्रत्यक्षतर्फ मनोनयन दर्ता

hitkhabar.com


काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देशभर प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया सुरु हुँदैछ।

निर्वाचन आयोगका अनुसार देशका १६५ वटै निर्वाचन क्षेत्रस्थित निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्न सकिनेछ।

आयोगले मनोनयन दर्ताका बेला अनावश्यक तडकभडक नगरी शान्त, सभ्य र मर्यादित वातावरण कायम गर्न आयोगले सबै राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ। 

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० सदस्य समानुपातिक प्रणालीमार्फत चयन हुने संवैधानिक व्यवस्था छ।

निर्वाचन आयोगले तोकिएकै मितिमा मनोनयन दर्ता प्रक्रियामा सहभागी हुन सबै सम्बन्धित पक्षलाई अपिल गर्दै निर्वाचन कार्यतालिकामा कुनै परिवर्तन नहुने स्पष्ट पारेको छ।

प्रतिक्रिया