कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रहने

hitkhabar.com


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रहने भएको छ । गत असार १६ गतेदेखि सुरू भएको बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।


हिजोको बैठकमा सह–महामन्त्रीहरू फरमूल्लाह मंसुर, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, ब्रदीप्रसाद पाण्डे, जीवन परियार, कोषाध्यक्ष उमेश श्रेष्ठसहित ३० भन्दा बढी नेताहरूले विभिन्न प्रस्तावमाथि धारणा राखेका थिए ।


केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, प्रवक्ता डा. प्रकाशशरण महत, बलबहादुर के.सी., डा. मिनेन्द्र रिजाल, एन.पी. साउद, आनन्दप्रसाद ढुंगाना, डा. चन्द्रकान्त भण्डारी, अजयकुमार चौरसिया, अम्बिका बस्नेत, शंकर भण्डारी, ध्रुव वाग्ले, मधु आचार्य, प्रकाश रसाइली स्नेही, नानु वास्तोला, भीम पराजुली, रुक्मिणी कोइरालालगायतले पनि बैठकमा आफ्ना धारणा प्रस्तुत गरेका थिए ।


साथै वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही आमन्त्रित सदस्यका रूपमा बैठकमा सहभागी थिए ।


पार्टीभित्र चलिरहेको आन्तरिक छलफल र रणनीतिक निर्णयहरूमाथि सुझाव राख्ने क्रम बैठकमा जारी रहेको छ ।


प्रतिक्रिया