नेपाल प्रहरीको रासन रकम बढ्यो, फागुन १ देखि लागू

hitkhabar.com


काठमाडौं । सरकारले नेपाल प्रहरीका लागि उपलब्ध गराउँदै आएको रासन सुविधामा वृद्धि गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीको रासन स्केल र दैनिक रासन रकम बढाउने निर्णय गरेको हो।

सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले बैठकपछि जानकारी दिँदै उक्त निर्णय आगामी फागुन १ गतेदेखि लागू हुने बताए।

रासन रकम वृद्धि भएपछि नेपाल प्रहरीका कर्मचारीलाई प्रदान गरिने दैनिक भोजन खर्चमा सुधार आउने विश्वास लिइएको छ।

प्रतिक्रिया