कांग्रेसका कार्कीद्वारा कोशीको मुख्यमन्त्रीमा दाबी पेश

Sharing is caring!

असोज २५, २०८० । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सांसद केदार कार्कीले पनि दाबी पेश गरेका छन् ।

उनी कांग्रेसको शेखर कोइराला पक्षका नेता हुन् । शीर्ष नेतृत्वले मुख्यमन्त्रीमा माओवादीका इन्द्रबहादुर आङ्बोलाई समर्थन गर्ने सहमति जनाएपछि असन्तुष्ट बनेको कोइराला पक्षबाट कार्कीले एमालेको समर्थनमा मुख्यमन्त्रीका दाबी पेश गरेका हुन् ।

कार्कीलाई एमालेका ३९ र कांग्रेसका ८ सांसदसहित ४७ सांसदको समर्थन रहेको दाबी गरिएको छ ।

कांग्रेसका केदार कार्की, रामकुमार खत्री, शम्शेर राई, इन्दिरा थापा, लिलाकुमारी राई, गोविन्दा गिरी, मानबहादुर लिम्बु र सुनिताकुमारी गुरुङसहित ८ जनाले हस्ताक्षर गरेका छन् ।

यसअघि माओवादी केन्द्रका आङ्बोले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । दुवैले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् । प्रदेश प्रमुख खापुङले शुक्रबारसम्मको अवधि तोकेर मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।

त्यसअघि सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्री नियुक्त भएका एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले विश्वासको मत लिन सक्ने अवस्था नदेखिएपछि राजीनामा दिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *