हिमालमा पर्यटकहरुको उद्धारका लागि एकमात्र विकल्प हेलिकप्टर

Sharing is caring!

माघ १४, २०७५ । विगत १ हप्ता देखि विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय समाचार माध्यमहरुमा पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकहरुलाई विरामी वनाई रकम असुली, फेक रेष्क्युको विषयमा, ट्रेकिङ एजेन्सी, हेलिकप्टर अपरेटर, अस्पताल सञ्चालकहरुको सांठगांठमा ठगिन्छन भन्ने खवर पुनः समाचारका विषय वनेका छन । जसमा यस संस्थाका सदस्यहरु हेलिकप्टरहरुको समेत संग्लनताको विषयमा हिमालमा उद्धार एकमात्र विकल्प हेलिकप्टर लगायतका विषयमा पर्यटकिय सिजन शुरु हुने वेलामा पुनः सोही प्रकार समाचारहरु राष्ट्रिय तथा अन्र्तराष्ट्रिय समाचार माध्यमहरुमा पुनः आई रहेको र नेपालको पर्यटनलाई प्रतिकुल असर गर्ने गरि पुनः समाचारहरु आउनु र हेलिकप्टर कम्पनीहरुलाई पुनः लान्छना लगाएको प्रति यस हेलिकप्टर सोसाइटी अफ नेपालको गम्भिर ध्यानाकर्षण भएको छ ।

उद्धार कार्यमा संलग्न सिमित व्यक्ति, संघसंस्थाको खराव आचरण व्यवहार, गैरकानुनी क्रियाकलापको कारण नेपालको पदयात्रा तथा पर्वतारोहणको क्षेत्र स्वदेश तथा विदेशमा समेत वदनाम हुने नकारात्मक असर पर्ने, पर्यटन व्यवसायमा संलग्न लाखौ नेपालीको लगानी डुव्ने, पेशा व्यवसाय संकटमा परी वेरोजगार बन्नुपर्ने तथा राष्टिय अर्थतन्त्रमा विभिन्न समस्याहरु उत्पन्न हुन सक्ने विषयहरुमा हामी संवेदनशील छौं ।
जुनसुकै पेशा व्यवसाय संचालन गरेपनि व्यवसायिक आचरण मर्यादा र कानुनको पूर्ण पालना गरी गुणस्तरीय सेवा उपलव्ध गराउनु प्रत्येक व्यवसायीहरुको कर्तव्य र धर्म हो । यस हेलिकप्टर सोसाइटीका सदस्यहरु नेपालका सवै हेलीकप्टर कम्पनीहरुले आफ्नो उद्देश्य अनुसार हेलिकप्टरवाट सेवा प्रदान गर्दै आएको र देशको विभिन्न स्थानमा पदयात्रा पर्वतारोहणमा रहेका पर्यटकहरुलाई लेक लाग्ने, स्वास्थ्य तथा विपद पर्दा समयमा जीवनरक्षाको लागि तत्काल उद्धार कार्य गर्ने उद्देश्यले सवै हेलिकप्टर कम्पनीका दक्ष प्राविधिकलाई हाई अल्टिच्युड रेष्क्यु सम्वन्धी तालिम गराई उद्धार कार्य गर्दै आई रहेको व्यहोरा सर्वविदितै छ ।

पर्यटकको स्वास्थ्य समस्या तथा अन्य विपदको उद्धारको नाममा हुने गरेका कुनै पनि अनिधिकृत क्रियाकलापमा यस संस्थाका सदस्यहरुको संलग्नता नरहेको र रेष्क्युको प्रकियामा हेलिकप्टर कम्पनीकहरुको केवल उद्धार गर्ने काम मात्र हुने र सोही वापतको रकम सम्वन्धित आदेश गर्ने कम्पनीहरुवाट लिने गरेको र इन्सुरेन्स कम्पनीहरुले हेलीकप्टर अपरेटरहरुलाई सिधै उडान दिने समेत नगरेको अवस्थामा पटक पटक अवान्छनिय आरोप लगाई पटक पटक समाचारमा प्रकाशन गर्नुले यसमा केही सिमित व्यक्तिहरुको ठुलो खेल रहेको छ कि भन्ने शंका उप्जाएको छ ।

देशका कुनै पनि स्थानवाट उद्धार गर्न सक्ने एकमात्र विकल्प हेलिकप्टर व्यवसायका सम्वन्धमा विगतमा विभिन्न शिर्षकहरुमा प्रकाशित समाचारका आधारमा नेपाल सरकारले माथी उल्लेखित विषयमा विस्तृत छानविन गर्न नेपालमा हुने पर्यटक उद्धार सम्वन्धी छानविन कार्यदल वनाएको र सो कार्यदलले आफ्नो प्रतिवेदन माननिय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई वुझाई सकेको व्यहोरा विदितै छ । नेपाल सरकारले कार्यदलको प्रतिवेदन पश्चात यसलाई व्यवस्थित गर्न पर्यटक खोज, उद्धार,उपचार, तथा अनुगमन सम्वन्धी कार्यविधि २०७५ लागु समेत गरि सकेको अर्को सिजन शुरु हुनु भन्दा केही अगाडी आयर पुनः सोही प्रकार समाचारहरु राष्ट्रिय तथा अन्र्तराष्ट्रिय समाचार माध्यमहरुमा पुनः आई रहेको विषयले शंका उत्पन्न गरेको छ कतै नेपालको पर्यटन उद्योगलाई प्रतिकुल असर पार्न खोजिएको त हैन ?

नेपालको पर्यटनलाई प्रतिकुल असर गर्ने गरि पुनः समाचारहरु आउनु र हेलिकप्टर कम्पनीहरुलाई पुनः लान्छना लगाएले यसमा समाचारमा आए जस्तो हेलिकप्टर कम्पनीहरुको संग्लनता नहुने र उद्धारका क्रममा हेलिकप्टरहरुको भुमिका कहाँ र कति हुन्छ प्रष्ट पार्न खोजिएको छ ।
सत्य तत्य पत्ता लगाई कार्यवाही गर्न एवं नेपालमा आउने पर्यटकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न तथा नेपालको अर्थतन्त्रलाई मजवुद वनाउन नेपालका सवै हेलिकप्टर कम्पनीहरु दत्तचित्त भई लागि परेको व्यहोरा अनुरोध गर्न चाहान्छौ ।

अन्तमा नेपाल सरकारसंग समेत अनुरोध गर्न चाहान्छौ कि गलत गर्नेलाई आवश्यक छानविन गरि कार्यवाही गर्ने तर यस्तो समित एयटा अन्र्तराष्टिय इन्सुरर जो आफैमा एउटा एजेन्टहो जसले पटक पटक यदि मितिमा नभए बन्द गर्छौ भन्छ । साथै कतिपय नेपाली मेडियाहरुले समेत सोही समाचारलाई कपि गरि नेपाल सरकारले घोषणा गरेका भ्रमण वर्ष २०२० मा विसलाख पर्यटक भित्राउने लक्ष्यलाई असर गर्ने गरि समाचार समेत प्रकाशित भई रहेका छन ।

आज हामी यसै प्रेस भेटघाट मार्फत सम्पुर्ण अन्र्तराष्ट्रिय इन्सुररलाई आव्हान गर्न चाहान्छौ कि नेपाल सरकार, नेपाल पर्यटन वोर्ड, को वेभसाइटमा रहेको दररेटमा उद्धार उडान गर्न अनुरोध गर्न चाहान्छौ र यस्ता अनिधिकृत कार्यमा हेलिकप्टर कम्पनीहरुको कुनै संलग्नता नरहेको र समाचारमा आए जस्तो गलत कार्यको घोर भत्सर्ना गर्दै यस्तो गलत क्रियाकलापलाई निरुत्साहित गर्न तथा निमिट्यान्न पार्न नेपाल सरकारले आवश्यक लागेमा यस संस्था तथा संस्थाका सदस्यहरुवाट आवश्यक पर्याप्त सहयोग लिई यस्ता गैरकानुनी क्रियाकलाप पूर्णरुपमा नियन्त्रण गर्न गराइने विषयमा हेलीकप्टर कम्पनीहरु प्रतिवद्ध रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *