सिटि एक्सप्रेस फाइनान्स पनि अन्तरबैंक विधुतीय भुक्तानी प्रणालीमा

Sharing is caring!

माघ १४, २०७५ । बैंक वित्तीय संस्थाहरुलाई अन्तरबैंक विद्युतीय भुक्तानी (NCHL-IPS) प्रणालीमा आवद्ध गराउदै लाने क्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आजबाट कारोवार शुरु गर्ने गरि सिटि एक्सप्रेस फाइनान्स लिमिटेडलाई उक्त प्रणालीमा आवद्ध गराएको छ । यस प्रणाली मार्फत कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने (Direct Credit) र लिने (Direct Debit) जस्ता कारोबारहरु पूर्णतया रुपमा संचालन गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सन-तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् ।

नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजीबाट प्रवद्र्धित नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले विभिन्न राष्ट्रिय स्तरका भुक्तानी प्रणालीहरु स्थापना र सञ्चालन गर्ने उद्देश्य लिएको छ । हालसम्म विद्युतीय माध्यमबाट चेकको राफसाफ गर्ने प्रणाली (NCHL-ECC), Direct debit/ Direct credit को लागि अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (NCHL-IPS) र अनलाईन मार्फत सर्वसाधारणले सजिलैसँग विद्युतीय भुक्तानी गर्न सकिने connectIPS e-Payment प्रणाली लागु गरी सञ्चालन गर्दै आएको छ ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग भएको यो सम्झौतासँगै कम्पनीले अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा ७५ बैंक तथा वित्तीय संस्थाहरुसँग Direct member र अन्य ३ कम्पनीसँग Indirect/Technical member को रुपमा सम्झौता गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *