वन अधिकृतविरुद्ध १ करोड २६ लाखको भ्रष्टाचार मुद्दा दायर

Sharing is caring!

पुस २३, २०८० । डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत दीर्घनारायण कोइरालाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ करोड २६ लाखको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो । दसौं तहका अधिकृत कोइरालाले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरी परेको थियो । अनुसन्धानमा उनको १२ वर्षको जागिर जीवनमा आर्जन ८१ लाख ८६ हजार रुपैयाँ देखिएको छ भने बैंक मौज्दात र लगानी २ करोड ७ लाख देखिएको आयोगले जनाएको छ ।

सम्पत्ति विवरण अस्वाभाविक देखिन आएकाले सार्वनजिक पदमा रहेका कोइरालाले गैरकानुनी रुपमा सम्पत्ति आर्जन सम्बन्धी कसुर गरेको पुष्टि हुन आएकाले मुद्दा दाय गरेको आयोगको विज्ञप्तिमा छ । स्रोत नखुलेको सम्पत्तिमा आयोगले श्रीमती गीता पौडेल कोइरालालाई पनि प्रतिवादी बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *