राष्ट्रिय सभा निर्वाचन : १९ सीटमा ५२ जनाको मनोनयन

Sharing is caring!

पुस २३, २०८० । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा ५२ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ ।

निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी दर्ताको दिन सोमबार १९ सिटमा सातै प्रदेशबाट उक्त संख्यामा उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको हो । आयोगका अनुसार सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २१ जनाको मनोनयन दर्ता भएको छ ।

सबैभन्दा धेरै बागमती प्रदेशमा उम्मेदवारको मनोनयन परेको छ । महिला समूहका लागि ४ दलका तर्फबाट, दलित समूहका लागि ३ दलका तर्फबाट, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि ४ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ४ जना गरी बागमतीमा १५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

कोशी प्रदेशमा महिला समूहका लागि २ दलका तर्फबाट र अन्य समूहका लागि ३ दलका तर्फबाट ५ जनाको मनोनयन दर्ता भएको छ । मधेश प्रदेशमा महिला समूहका लागि २ दलका तर्फबाट र अन्य समूहका लागि ३ गरी जम्मा ५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

यस्तै, गण्डकी प्रदेशमा महिला समूहका लागि ३ दलका तर्फबाट, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि २ दलका तर्फबाट र अन्य समूहका लागि ३ जना गरी जम्मा ८ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।
लुम्बिनी प्रदेशमा महिला समूहका लागि ३ दलका तर्फबाट र अन्य समूहका लागि ४ दलका तर्फबाट जम्मा ७ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

कर्णाली प्रदेशमा महिला समूहका लागि २ दलका तर्फबाट, दलित समूहका लागि २ दलका तर्फबाट र अन्य समूहका लागि २ जना दलका तर्फबाट गरी जम्मा ६ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

सुदूरपश्चिम प्रदेशमा महिला समूहका लागि २ दलका तर्फबाट, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि २ दलका तर्फबाट र अन्य समूहका लागि २ जना गरी ६ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।
समग्रमा सातै प्रदेशमा महिला समूहतर्फ १८ जना, दलित समूहतर्फ ५, अपाङ्‍गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

आयोगले पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह वितरण गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

सातै प्रदेशबाट उम्मेदवारी दर्ता गराएका उम्मेदवारको नामलिस्ट यसै विवरणमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *