कृषि क्षेत्रको विकासमा सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री प्रचण्ड

Sharing is caring!

भदौ १२, २०८० । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले सवल आत्मनिर्भर अर्थतन्त्र निमार्णको लागि कृषि क्षेत्रमा गुणात्मक र रुपान्तरणकारी परिवर्तन सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

आज प्रतिनिधि सभाको बैठकमा उनले सांसद उर्मिला माझिले कृषि क्षेत्रमा लगानी अत्याधिक हुने तर प्रतिफल न्यून हुदाँ कृषिप्रति आकर्षण घट्दै गएको विषयलाई लिएर प्रधानमन्त्रीलाई सोधेको प्रश्नमा उनले सो जवाफ दिएका हुन् ।
उनले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउँन कृषि क्षेत्रमा आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरणलाई सरकारले उच्च रुपमा जोड दिदैँ आएको बताए ।

उनले भने, सबल आत्मनिर्भर अर्थतन्त्र निमार्णको लागि कृषि क्षेत्रमा गुणात्मक र रुपान्तरणकारी परिवर्तन सरकारको प्राथमिकतामा रहेको छ । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउँन कृषि क्षेत्रमा आधुनिकिकरण, यान्त्रिकीकरण र व्यवसायीकरणलाई सरकारले उच्च रुपमा जोड दिदैँ आएको छ ।

यस्तै, उनले कृषि क्षेत्रमा अपेक्षित प्रतिफल प्राप्त गर्न नसक्नुका कारणहरु पैलाउँदै उत्पादन वृद्धिका लागि विभिन्न कामहरु अघि बढिरहेको पनि बताए । उनले भने, सरकारले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना लगायत प्रदेश र स्थानिय तहमार्फत उल्लेख्य रकम विनियोजन गरी कृषि क्षेत्रमा पर्याप्त साधन स्रोत परिचालन गर्ने नीति लिएको छ । यसको लागि सिचाई, रासायनिक मलको आपूर्ती समयमै हुने सुनिश्चितता गरिएको छ ।

प्रधानमन्त्री दहालले उत्पादित कृषि वस्तुको बजारको सुनिश्चितताका लागि धान, गहुँ, उखुलगायतका बालीका न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने लगायतका कार्यक्रमहरुपनि सञ्चालनमा रहेका बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *