प्रधानमन्त्रीलाई एमाले प्रमुख सचेतक गिरिको प्रश्न : सत्तापक्षको नेता भएपछि जति सुकै ठुलो अपराध गरे पनि छुट हुने ?

Sharing is caring!

भदौ १२, २०८० । नेकपा एमालेका सांसद पदम गिरिले सरकारले जनतालाई सुशासन दिएको भन्दै गोटी खेलेर बसेको आरोप लगाएका छन् । मंगलबार बसेको प्रतिनीधिसभाको बैठकमा उनले सरकारले सत्तापक्षका भ्रष्टचारीको नाईकेलाई जोगाएर आम नागरिकलाई सुशासनको रटान दिएर बसेको आरोप लगाए।

उनले प्रधानमन्त्री प्रचण्डले सामाजिक सद्भाव भड्काउन भूमिका खेलेको समेत टिप्पणी गरे । मुलुकमा मिलेर बसेका दाजुभाईहरुलाई आपसमा विद्रोह फैलाउने र मुलुकमा हिंसा भड्काउने, देशमा अराजकताको स्थिती सिर्जना गर्ने काममा स्वयं प्रधानमन्त्रीले मलजल गरिरहनु भएस्को छ । देशको प्रधानमन्त्री जस्तो जिम्मेवार पदका बसेको व्यक्ति दाजुभाईको बीचमा विद्रोह र घृणा फैलाउने काम गर्ने यो कुनै पनि हालतमा स्वीकार्य छैन । हामी आपत्ति र निन्दा गर्दछौं । उनले भने ।

उनले सरकारमा सहभागि दलका नेताहरु जस्तो सुकै काण्डमा सहभागि भएपनि छुट दिने काम भएको जिकिर गरे ।
आज हामी शुसासन दिइरहेका छौं । भनेर सरकारले गोटी हानिरहेको छ । भ्रष्टाचारीको एक एक खोजी गरिरहेका छौं र कारबाही गर्छौ भनेर जनतालाई देखाउने काम गर्छ । तर व्यवहारमा भ्रष्टचारका नाईकेहरु सत्तापक्षका नेताहरु जति ठुलो अपराध र कर्तुत गरे पनि छानबिनको दायरामा ल्याईदैन् । उनले भने, पछिल्लो समय सुन तस्करी भयो । सुन तस्करीमा संलग्न भएका राजनीतिक तहका नेताहरु सत्तापक्षमा नेताहरुलाई सामान्य बोलायर अनुसन्धानको दायरामा ल्याउने काम भएन्। सोधपुछ गर्ने काम भएन । सत्तापक्षको नेता भएपछि जति सुकै अपराध गरे पनि छुट हुने जस्तो ठुलो तस्करी गरे पनि छुट हुने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *