स्वतन्त्र सांसद सिंहको प्रश्न : गणतन्त्रमा नेतातन्त्र कसरी भयो ?

Sharing is caring!

भदौ १२, २०८० । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले गणतन्त्रमा नेतातन्त्र कसरी भयो भन्दै प्रश्न गरेका छन् ।

आज प्रतिनिधिसभाको बैठकमा उनले हरेक बैठकमा प्रधानमन्त्रीको छोरीलाई सहभागी गरिने गरेकोमा आपत्ति जनाउँदै गणतन्त्रमा नेतातन्त्र कसरी भयो भन्दै प्रश्न गरे ।

उनले भने, गणतन्त्र भनेको जनताको शासन हो । गणतन्त्रमा नेतातन्त्र कसरी भयो ? नेताको छोरी या प्रधानमन्त्रीको छोरीले हरेक मिटिङमा बस्न कसरी पाउँछ ? प्रश्न गर्न चाहान्छु । यस्तै नेता र उनीहरुको बच्चा बाट नै छ गणतन्त्रको खतरा र भ्रष्टाचारको जरा त्यहिबाट सुरु हुन्छ ।

उनले भ्रष्टाचारको काण्ड सबै खोल्ने तर टुङ्गोमा किन पुग्दैन् भनेर प्रश्न गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *