सुन तस्करी प्रतिवेदन चाँडै कार्यान्वय गर्ने मन्त्रीपरिषद्को निर्णय

Sharing is caring!

चैत २, २०८० । सरकाले सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले तयार गरेको प्रतिवेदनको अध्ययन गरी तत्काल कार्यान्वयनको प्रक्रियामा लैजाने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले हिजो चैत्र १ गृह मन्त्रीलाई बुझाएको उक्त प्रतिवेदनको गम्भीर अध्ययन गरी तत्काल कार्यान्वयनको लागि प्रक्रियामा लैजाने निर्णय गरेको हो ।

केहीबेर अघि बसेको मन्त्रीपरिषद्को निर्णय सुनाउँदै सरकारकी प्रवक्ता रेखा शर्माले आयोगले उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेलाई बुझाएको प्रतिवेदन चाँडै कार्यान्वयनमा लाने निर्णय भएको बताईन् ।

उनले भनिन्, ‘सुनको अवैध पैठारी तस्करी नियन्त्रण सम्बन्धी जुन हामीले जाँचबुझ आयोग गठन गरेको थियौं । त्यसले २०८० चैत्र १ गते उपप्रधान तथा गृह मन्त्रीलाई बुझाएको प्रतिवृदनको गम्भिर अध्ययन गरी तत्काल कार्यन्वयनको लागि प्रक्रियामा लैजाने भन्ने बैठकले निर्णय गरेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *