चुनावअघिको गठबन्धन कल्पना गर्न सक्दैन् : गगन थापा

Sharing is caring!

फागुन २७, २०८० । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब कसैले पनि चुनावभन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पना समेत गर्न नसक्ने बताएका छन् ।

ललितपुरमा आइतबार आयोजित ललितपुरको गोदावरी नगरपालिकाको आठौं स्थापना दिवसको अवसरमा बोल्दै उनले चुनावअघिको गठबन्धनले राजनीतिलाई एकदमै भ्रष्ट र लोकतन्त्रलाई चरम विकृत बनाउँदै लगेको उनले बताए । माओवादीले कांग्रेससँगको गठबन्धन तोडेर नयाँ समीकरण बनाएको घटनाले कसैले पनि चुनावभन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पना समेत गर्न नसक्ने उनले जिकिर गरे ।

‘कसले कसलाई धोका दिन्छ भन्ने कुराको चेतसँगै अब चुनावअघि गठबन्धन हँुदैन,’ उनले भने । नयाँ सत्ता समीकरणको अन्तर्यमा के छ भन्ने समयसँगै खुल्दै जाने बताएका थापाले चुनावअघिको गठबन्धनले राजनीतिक भ्रष्टीकरण गरेको भनाइ राखे ।

‘हामीले केही दिनअघि नेपालको राजनीतिमा एउटा ठूलो परिवर्तन भएको देख्यौँ । यसको भित्र अन्तर्यमा के छ भन्नेकुरा समयसँगै खुल्दै जाला । एउटा कुरा खुसी लागेको छ । नेताहरु मिलेर चुनावमा जाने जुन एउटा परम्परा नेपालमा शुरु भएको थियो, त्यसले नेपालको राजनीतिलाई एकदमै भ्रष्ट, नेपालको लोकतन्त्रलाई चरम विकृत बनाउँदै लिएर गएको थियो, भित्रभित्रै खोक्रो बनाउँदै लगेको थियो र त्यसले थप खोक्रो बनाउँथ्यो,’ उनले भने, ‘अब कसैले पनि चुनाव भन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पनै गर्दैन । किनभने कसले कसलाई धोका दिन्छ, त्यसको हिसाबकिताब नै हुन सक्दैन । यो मानेमा हेर्ने हो भने सबैलाई चेत खुलेको छ । राजनीतिमा भ्रष्टीकरणको बाटो लागिरहेका थियौं, यो प्रकरणले सबैलाई सन्देश दिएको छ ।’

चुनावअघिको गठबन्धन गर्ने प्रवृत्तिले मिश्रित निर्वाचन प्रणालीलाई पनि विकृत बनाउँदै लगेको टिप्पणी उनले गरे । साना दलहरु दोकान खोलेर बस्ने र कहिले यताउता जाने आधार मिश्रित निर्वाचन प्रणाली बनेको उनको भनाइ छ ।
उनले भने, ‘यो कुराले हाम्रो निर्वाचन प्रणाली नै बदल्नुपर्ने कुरामा समेत लिएर जान्छ । संसदमा सबैको समावेशी सहभागिता भएन, थरीथरीका मानिस छौं । सबैको प्रतिनिधित्व भएन त्यसकारण एउटा निर्वाचन प्रणाली बनाउनुप¥यो भनेर मिश्रित निर्वाचन प्रणाली बनाऔं तर यो यसलाई पनि यति विकृत बनाऔं अहिले साना दलहरु दोकान खोलेर बस्ने र च्याँखे थापे झै कहिले यता उता जाने सबै आधार निर्वाचन प्रणालीले बनाइदिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *