बागमती मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

Sharing is caring!

चैत १९, २०८० । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाबाट सोमबार तेस्रो विश्वासको लिएका छन् ।

प्रदेश सभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरे भने विपक्षमा ३७ मत परेको छ । १५ मत तटस्थ रह्यो । मुख्यमन्त्री जम्कट्टेलको आफ्नो दल माओवादी केन्द्रका २१, एमालेका २७, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका १ जना सांसदले विश्वासको मत दिएका छन् ।

कांग्रेस र नेपाल मजदुर किसान पार्टीले भने विपक्षमा मतदान गरेको छ । राप्रपा तटस्थ रह्यो । ११० सदस्यीय प्रदेश सभाको सोमबारको बैठकमा १०८ जनाको उपस्थिति थियो ।

एमालेसहितको गठबन्धनमा २०७९ पुस २५ मा मुख्यमन्त्री नियुक्त जम्कट्टेलले यसअघि सोही वर्ष माघ ३ मा पहिलोपटक विश्वासको मत लिएका थिए । त्यसबेला उनलाई ६ दलले समर्थन गरेका थिए । त्यसबेला उनले ११० मध्ये १०५ मत पाएका थिए ।

केन्द्रमा माओवादीसँग गठबन्धन टुटेसँगै प्रदेश सरकारबाट एमाले बाहिरिएको थियो । एमोलेले समर्थन फिर्ता लिएपछि जम्कट्टेलले दोस्रो पटक सोही वर्ष चैत १० मा विश्वासको मत लिएका थिए । त्यसबेला उनलाई आफ्नो दलसहित कांग्रेस, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी मिल्दा ६७ मत आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *