अब राजतन्त्र फर्किदैन, यही व्यवस्थालाई सुदृढीकरण गरौं : सभापति देउवा

Sharing is caring!

वैशाख २, २०८१ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशमा राजतन्त्र फर्काउने कुरा असम्भव रहेको बताएका छन् । उनले राजा फर्काउने कुरा गर्नेभन्दा हालको व्यवस्थालाई सुदृद पार्नुपर्नेमा जोड दिए ।

आइतबार काठमाडौंमा स्वर्गीय सूर्यबहादुर थापाको नवौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सभापति देउवाले अहिलेकै व्यवस्थालाई सुदृढीकरण गर्नुपर्ने बताए ।

‘नेपालमा गणतन्त्र आएको छ । यद्यपि राजा फर्काउनुपर्यो भनेर मान्छेहरु लागेका छन् । अहिलेकै व्यवस्था सर्वस्वीकार्य छ । व्यवस्थामा समस्याहरु र कमी कमजोरीहरु छन् भनेपनि सुधार गर्ने ठाउँहरु छन् । यही व्यवस्थालाई अझ समय अनुकुल स्वीकार्य बनाएर लैजाऔँ । तर,अब राजा फर्काउने कुरा असम्भव कुरा देख्छु मैंले । किनकी यसका लागि दुई तिहाई चाहिन्छ,’ देउवाले भने ।

उनले विगतमा बन्दुक उठाएकाहरुले पनि अहिले बहुदलीय व्यवस्थालाई मानेर सरकारको नेतृत्व गरिरहेको र त्यो राम्रो भएको भन्दै थपे, ‘अहिलेको सरकारमा को छ र छैन भन्दापनि महत्वपूर्ण कुरा बहुदलीय व्यवस्थालाई सुदृणीकरण गनुपर्ने आवश्यकता छ ।’

कार्यक्रममा सभापति देउवाले स्व.थापासँग आफ्नो भेट जेलमा भएको स्मरण गर्दै बहुदलीय व्यवस्था ल्याउनका लागि स्व.थापाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *