त्रिवि र नेपाल प्रहरीबिच समझदारीपत्रमा हस्ताक्षर

Sharing is caring!

साउन १, २०७६ । त्रिभुवन विश्वविद्यालय र नेपाल प्रहरी बिच ‘समुदाय–प्रहरी साझेदारी’को अवधारणा अनुरुप सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न प्राज्ञिक क्षेत्रको विज्ञताको उपयोग गर्ने एवंम् प्राज्ञिक गतिविधिहरु निर्बाधरुपमा सञ्चालन गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.तीर्थराज खनिया र नेपाल प्रहरीका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालद्धारा हस्ताक्षर गरिएको समझदारीपत्रमा दुवै संस्थाविच अध्यापन र प्रशिक्षणमा संस्थागत विज्ञताको उपयोग गर्ने, पाठ्यक्रम निर्माणमा सुरक्षासँग सम्वन्धित विषयवस्तुहरु समाविष्ट गर्ने, अध्ययन अध्ययापनमा आपसी समन्वय गर्र्ने, सूचनाको आदान-प्रदान गर्ने,श्रोत व्यक्ति तथा स्वयंसेवक सम्बन्धी व्यवस्थामा सहयोग आदान प्रदान गर्ने, सुरक्षा सचेतना अभिवृद्धि गर्ने, दुवै संस्थाहरुमा हुने प्रकाशनमा सहकार्य गर्ने, क्षमता अभिवृद्धिका सन्र्दभमा संयुक्तरुपमा विशेष कार्यशाला गोष्ठीहरु आयोजना गर्ने, सूचना प्रविधिका विकासमा त्रिविका केन्द्रीय विभाग एवं संकायहरुसँग सहकार्य गर्ने, व्यवहारिक अभ्यास एवंम इन्टर्नसिप सम्बन्धी व्यवस्था गर्ने, सुरक्षित विश्वविद्यालयको अवधारणा कार्यान्वयन गर्ने, विद्याुतिय पुस्तकालयको विकास गर्ने विषयहरु उल्लेखित छन् ।

प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित सहझदारीपत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै त्रि.वि.का उपकुलपति प्रा.डा.तीर्थराज खनियाले त्रिवि र नेपाल प्रहरीबिचको सहकार्यले दुबै संस्थाको संस्थागत दृष्टिकोणमा सकरात्मक परिणाम प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

विश्वविद्यालयका दक्ष स्नातकहरुलाई नेपाल प्रहरीप्रतिको दृष्टिकोणका बारेमा विश्वस्त गराउदै प्रहरीमा समेत अत्यन्तै सवल दक्ष जनशक्ति उपलब्ध गराउन विश्वविद्यालय प्रतिवद्ध रहेको विचार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले उच्चशैक्षिक संस्थाहरुसँग सम्बन्ध विस्तार गर्दै नेपाल प्रहरीले आम नागरिकहरुमा रहेको दृष्टिकोण बदल्न प्रयत्नशिल रहेको बताउनुभयो । जनताको सुरक्षाको महत्वपूर्ण जिम्मेवारी बोकेको नेपाल प्रहरीलाई अनुसन्धानमुखी बनाउनै संगठनलाई मजबुत, सबल र समयसापेक्षा बनाउन त्रिविसँगको सहकार्यले थप योगदान पुग्ने अपेक्षा व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *